Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

केराको बिमा रकम पाएनन् किसानले

केराको बिमा रकम पाएनन् किसानले
A A+ A-

चितवन- यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो । केरा किसानलाई यस्तो समस्या यस वर्षमात्र परेको होइन । गत वर्ष पनि यस्तै क्षति हुँदा बिमाले कृषकलाई राहत दिने भनिए पनि बिमा रकम पाउन सकेका छैनन् ।

सङ्घका अध्यक्ष महतोका अनुसार जिल्लामा तीन हजार बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएकामा ३० प्रतिशत केराको बोट हुरीले लडाएर काम नलाग्ने बनाएको छ । जिल्लाका विभिन्न स्थानलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय चितवनले केरा जोन क्षेत्र अन्तर्गत कार्यक्रम गर्दै आएको छ । उक्त कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले केरा सुपर जोन अन्तर्गत मात्रै एक हजार ८५० हेक्टरमा खेती हुँदै आएको बताउनुभयो ।

जोन क्षेत्रमा लगाइएको केरा खेतीमा मलभोग प्रजातिको केरामा धेरै र हरियो जातका केरा जी नाइनमा कम क्षति भएको छ । जोन अन्तर्गतका केरा बालीमा करिब ३० प्रतिशत लडाएर काम नलाग्ने गरी नोक्सान भएको छ ।

जोन क्षेत्रका केरा उत्पादक विष्णुहरि पन्तले भने गत वर्षको तुलनामा यस वर्ष केही कम नोक्सान पुगेको बताउनुभयो । क्षतिको विवरण बिमा कम्पनीले लिँदै गरेको जानकारी उहाँले दिनुभयो ।

बिमा कम्पनीले गत वर्ष क्षति भएको रकम नदिएको सङ्घका अध्यक्ष महतोले जानकारी दिनुभयो । गत वर्षको क्षतिको चार करोड रुपियाँ पाउन धेरै पटक पहल गर्दासमेत कम्पनीले दिन नमानेको र सरकारले बजेट नदिएका कारण दिन नसकिएको जानकारी दिने गरेको अध्यक्ष महतोले बताउनुभयो । केराको प्रतिबोटको बिमाको रकम किसानले २० प्रतिशत र सरकारले ८० प्रतिशत प्रिमियम तिर्दै आएको छ ।

बिमाको रकम नपाएको भन्दै किसानले पहल गरिदिन अनुरोध गर्न आउने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय चितवनका सूचना अधिकारी अधिकारीले बताउनुभयो । चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिकामा व्यावसायिक केरा खेती हुँदै आएको छ । यहाँको केरा जिल्लाको बजार र काठमाडौँ, पोखरा मुख्य बजार रहेको छ ।

2