Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

ग्लोबल आइएमई बैङ्कद्वारा वृक्षरोपण

अ+ अ-

काठमाडौँ-  ग्लोबल आइएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ ।

बैङ्कले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैङ्कले बिहीबार विश्व वातावरण दिवसका अवसरमा मुलुकका विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरेको जनाएको छ ।

बैङ्कले कैलाली जिल्ला, लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा एक हजार कागतीका बिरुवा रोपेको छ ।

बैङ्कले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैङ्कका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा तीन सय वटा बिरुवा रोपेको छ ।

बैङ्कले दिक्तेलको, प्रगति सामुदायिक वन, मेचीनगर, झापालगायतका स्थानमा तीन हजार सात सय वटा, मधेश प्रदेशको राजविराज, जितपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटीघारी सामुदायिक वन) लगायतका स्थानमा पाँच हजार ५०, बागमती प्रदेशको दुई हजार तीन सय, गण्डकी प्रदेशको बागलुङ र कास्कीलगायतका स्थानमा दुई हजार एक सय, लुम्बिनी प्रदेशको एिक हजार पाँच सय बिरुवा रोप्ने काम सुरु भएको छ । त्यस्तै कर्णाली प्रदेशको सात सय र सुदूरपश्चिमको दुई हजार ८६ बिरुवा रोपण सुरु गरेको जनाइएको छ ।

2