Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिदर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९० पैसा र बिक्रीदर १८५ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपियाँ ३८ पैसा र बिक्रीदर १६७ रुपियाँ ११ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपियाँ ७६ पैसा र बिक्रीदर ८९ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ २ पैसा र बिक्रीदर १०६ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी जापानी येन १० को खरिदर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपियाँ ३४ पैसा र बिक्रीदर ३२ रुपियाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपियाँ ५ पैसा र बिक्रीदर १० रुपियाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिदर ४४५ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपियाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुपियाँ ७ पैसा र विक्रिदर ३५६ रुपियाँ ६३ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2