Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणबाट पारित भए यस्ता अजेन्डा

हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणबाट पारित भए यस्ता अजेन्डा
अ+ अ-

काठमाडौं – हिमालयन रिइन्स्योरेन्सले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

आज जेठ २५ गते सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु थियो। सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.७४ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद लाभांश छन्।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा थप तथा संशोधन र सोको अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारका लागि निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्ने गराउनेसम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकम पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ जेठ ८ गते ९जेठ ९ गते शुक्रबार र जेठ १० गते शनिबार०सम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

2