काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बिहीबार साँझ बसेको बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नगद लाभांशमा प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसमेत समावेश रहेको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ पुग्नेछ।
गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन्।
