Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सानिमा बैंकले बोलायो २२औं वार्षिक साधारण सभा

सानिमा बैंकले बोलायो २२औं वार्षिक साधारण सभा
A A+ A-

काठमाडौं । सानिमा बैंकले आगामी असोज १२ गते २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा हुने साधारणसभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ।

सभाले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत समानुपातिक नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभाका अन्य एजेण्डामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने विषय रहेका छन्।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

2