Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

समस्याग्रस्त सहकारी घोषणा गर्न माग गर्दै मन्त्रालय घेराउ

समस्याग्रस्त सहकारी घोषणा गर्न माग गर्दै मन्त्रालय घेराउ
अ+ अ-

मकवानपुर- काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने माग गर्दै बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् । सहकारीका बचतकर्ताले हेटौँडामा आएर उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्नेलगायतका माग राख्दै मन्त्रालय घेराउ गरेका हुन् ।

काठमाडौँबाट भाडाको बस लिएर आएका पीडितले समस्याग्रस्त सहकारी घोषणा गर्न लामो समयदेखि माग गर्दा समेत सुनुवाइ नभएको भन्दै तत्काल घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । सङ्घर्ष समितिका अध्यक्ष सुमन खनालले समस्याग्रस्त घोषणा गरेमा पीडितका समस्याको क्रमशः सम्बोधन हुने भन्दै एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको बताउनुभयो ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताले मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न सरकारलाई दबाब दिएका थिए । सरकार पीडितको पक्षमा सहजीकरण गर्नुभन्दा समस्याबाट भाग्न खाजेको आरोप लगाएका छन् । उहाँले सहकारी कार्यालयले सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने थुनामा रहे पनि अन्य आरोपितलाई कारबाही गर्न सरकारले नसकेको बताउनुभयो ।

१३ हजारभन्दा बढी सेयर सदस्य रहेको सो सहकारीको दुई अर्ब ७५ करोड रुपियाँभन्दा बढी रकम अपचलन भएको जनाइएको छ । प्रदेशको सहकारी तथा गरिबी मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले पीडितको माग अध्ययन गरेर सम्बोधन हुने जानकारी दिनुभयो । उहाँले यो विषयमा प्रहरी अनुसन्धान अघि बढेको बताउनुभयो ।

2