Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दश वर्षमा रसुवागढीबाट मात्र १४ हजार ५०० विद्युतीय गाडी आयात

दश वर्षमा रसुवागढीबाट मात्र १४ हजार ५०० विद्युतीय गाडी आयात
अ+ अ-

रसुवा – उत्तरी नाका रसुवागढीबाट मात्र पछिल्लो दश वर्षमा चीनमा उत्पादित साढे १४ हजार विद्युतीय सवारीसाधन (ईभी) आयात भएको तथ्यांकमा देखिएको छ । रसुवागढी भन्सार कार्यालयका अनुसार वि.स. २०७१ देखि हालसम्म करिब साढे १४ हजार विद्युतीय गाडीको यही नाका हुँदै आयात भएको हो ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७० सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । यी गाडीहरु काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ ।

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।

2