Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

कर विवरण नबुझाउने दुई हजार दुई सय करदाता निलम्बित

कर विवरण नबुझाउने दुई हजार दुई सय करदाता निलम्बित
अ+ अ-

नेपालगन्ज- समयमा मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदातालाई कारबाही गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका दुई हजार २०० करदातालाई निलम्बन गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा दर्ता भएका मूल्य अभिवृद्धि कर (मुअकर) दातामध्ये लगातार छ महिना मूल्य अभिवृद्धि कर विवरण नबुझाएका दुई हजार २०० करदातालाई कारबाही स्वरूप राजस्व विभागले निलम्बन गरेको हो ।

आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले कर विवरण नबुझाउने करदाताहरूलाई निलम्बनसँगै ती संस्थाहरूको कारोबार पनि रोक्का गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई यस्ता फर्मबाट कुनै पनि वस्तु खरिद नगर्न सूचना समेत जारी गरिएको जनाउनुभयो ।

प्रमुख न्यौपानेका अनुसार कर विवरण नबुझाएकालाई निलम्बन गरेसँगै उनीहरूको कारोबार रोकिएको छ भने उपभोक्तालाई पनि यस्ता फर्महरूसँग कुनै कारोबार नगर्न सचेत गराइएको छ ।

यसअघि विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम लगातार छ महिनासम्म कर विवरण नबुझाउने करदाताहरूको नाम सार्वजनिक गरेको थियो । कर विवरण पेस नगर्ने करदाताहरूको करकट्टी रोक्का राखी मुल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको हो ।

निलम्बित करदाताहरूले आफ्नो कारोबार निरन्तरता दिन चाहने भएमा बाँकी सबै कर विवरण पेस गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको प्रमुख कर अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अनुसार बाँके जिल्लामा आठ हजारभन्दा बढी मुल्य अभिबृद्धि करदाता रहेका छन् । करदाताहरूलाई विवरण बुझाउनु पर्ने जानकारी भए पनि कतिपयले लापरबाही र बेवास्ता गर्दा विभागले कडाइपूर्वक कारबाही गरेको सो कार्यालयले जनाएको छ ।

प्रमुख कर अधिकृत न्यौपानेले भन्नुभयो, “अघिल्लो समय कानुन अस्पष्ट हुँदा यस्ता कारबाही गर्न कठिनाइ थियो । तर अहिले ऐन, नियम स्पष्ट भएकाले नियमित रूपमा निलम्बनको प्रक्रिया अघि बढाइने छ ।”

आन्तरिक राजश्व कार्यालयका अनुसार निलम्बन भएका फर्महरूसँग कुनै किसिमको कारोबार गर्नुहुँदैन । यसले कारोबार गर्नेलाई पनि समस्या पार्न सक्छ । त्यसैले कारोबार गर्दा आन्तरिक राजश्व कार्यालयको वेबसाइटमा गई मुअकर दर्ता अवस्था जाँच गर्न उपभोक्तालाई आग्रह गरिन्छ । यसका लागि पत्राचार र सूचना समेत जारी गरिसकिएको छ ।

2