Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान
अ+ अ-

झापा – झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक, एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।

एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।“यो मेसिनले एक घण्टामा सातदेखि आठ कट्ठा क्षेत्रफलमा धान रोप्छ”, उहाँले भन्नुभयो, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”

नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्ने छ ।

प्रोत्साहन रकम

नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१÷८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।

तेलहन बाली प्रवर्धन कार्यक्रम अन्तर्गत तीन हजार नौ सय ३५ कट्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक/संस्थालाई प्रतिकट्ठा पाँच सयका दरले २० लाख उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले बताउनुभयो । त्यस्तै, आलु खेती प्रवर्धन कार्यक्रम अन्तर्गत यहाँका एक सय ४४ कृषक/संस्थालाई १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कट्ठामा आलुखेती गरेबापत प्रतिकट्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

यस्तै, रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक/संस्थालाई तीन सय १५ कट्ठामा कोदो खेती गरे बापत प्रतिकट्ठाको सात सयका दर र ५९ वटा कृषक/संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकट्ठाको पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

यस्तै, नगर प्रमुख तरकारीखेती प्रवर्धन कार्यक्रम नजा अन्तर्गत न्यूनतम पाँच कट्ठामा तरकारी खेती गर्ने ५१ जना किसानलाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा विषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले बताउनुभयो ।

बगर खेती कार्यक्रम उहाँका १२ कृषकलाई पाँच लाख उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।

2