udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा पुनः हवाई सेवा सुरु

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा पुनः हवाई सेवा सुरु
A A+ A-

तुलसीपुर। दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार काठमाडौँबाट नेपाल एयरलाइन्सको १९ सिटे जहाजले उडान भरेको हो। सो उडानमार्फत काठमाडौँबाट आठ जना र दाङबाट चार जना यात्रुले सेवा लिएका छन्।

मौसमका कारण लामो समयदेखि अनियमित रहेको दाङ-काठमाडौँ हवाई सेवा अब नियमित हुने वरिष्ठ अधिकृत भुसालले बताए। उनका अनुसार अब हप्ताको आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा सञ्चालन हुनेछ। हाल हवाई भाडा रु १२ हजार तोकिएको छ भने सेवा बिहान ९:०० देखि ११:०० बजेको बीचमा उपलब्ध हुनेछ।

टरिगाउँ विमानस्थलमा हाल ७५० मिटर लामो धावनमार्ग छ, जहाँ १९ सिटे जहाजमात्र अवतरण गर्न सक्छन्। धावनमार्गको क्षमता र सेवाको अनिश्चितताका कारण यात्रुहरू नेपालगन्ज वा भैरहवा जान बाध्य छन्। विसं २०११ मा स्थापना भएको यस विमानस्थलको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन गरिएको छ।

यसैबीच दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरूका लागि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा सुरु गरेको छ। पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार वडा कार्यालयसम्म पुग्न कठिन हुने लाभग्राहीका लागि पालिकाका विभिन्न टोलमा टोली खटाइएको हो। वडा नं ९ बाट सुरु गरिएको यो अभियान अन्य वडामा पनि विस्तार गरिनेछ। राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्ने प्रावधानका कारण सेवाग्राहीलाई सहज बनाउन यो पहल थालिएको हो। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्मको समयसीमा तोकिएको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action