Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
A A+ A-

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका लागि स्वीकृत तथा प्रतिबद्धता प्राप्त भएका कुल एक हजार ११६ परियोजनामध्ये ७२७ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। यो कुल परियोजनाको करिब ६५ प्रतिशत हो।

सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामा चार, कृषिमा १८, पर्यटनमा २२७, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारतर्फ दुई परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न परियोजनाका लागि लगानीकर्ताले करिब ५८ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन्।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि करिब ६४ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा परियोजनाको सङ्ख्या बढे पनि प्रतिबद्ध लगानी रकम भने केही घटेको देखिन्छ।

विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार वैदेशिक लगानीकर्ताले आफूलाई बढी आकर्षक र सम्भावनायुक्त लागेका क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा तुलनात्मक रूपमा कम पुँजीमा परियोजना सञ्चालन गर्न सकिने भएकाले परियोजनाको सङ्ख्या धेरै देखिएको उनले बताए।

उनका अनुसार कतिपय परियोजनामा ठूलो परिमाणको लगानी प्रतिबद्धता आउने भएकाले समग्र वैदेशिक लगानीको रकममा त्यसको प्रभाव पर्ने गरेको छ।

सूचना प्रविधिको क्षेत्रमा बढ्दो वैदेशिक लगानीले नेपालमा डिजिटल सेवा, सफ्टवेयर विकास, प्रविधि निर्यात तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

2