Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विश्व बजारमा कच्चा तेलको भाउ १०८ डलर पुग्यो

विश्व बजारमा कच्चा तेलको भाउ १०८ डलर पुग्यो
A A+ A-

काठमाडौं। इरानसँगको द्वन्द्व र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ।

लन्डनस्थित आईसी एक्सचेन्जमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १०८ डलर नाघेको छ। मे महिनायताकै उच्च विन्दुमा पुगेको ब्रेन्ट क्रुड कारोबारको अन्त्यमा ६ दशमलव ३ प्रतिशतले बढेर १०७ डलर ६३ सेन्टमा कायम भएको छ।

त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य ६ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल १०२ डलर ४८ सेन्ट पुगेको छ।

सन् २०२६ को सुरुवातदेखि नै यी दुवैको मूल्यमा ७५ प्रतिशतले वृद्धि भइसकेको छ। आईएनजीका विश्लेषकहरूका अनुसार फारसको खाडीमा तनाव तत्काल कम हुने कुनै सङ्केत नदेखिएकाले भू-राजनीतिक जोखिम लामो समयसम्म कायम रहने देखिएको छ।

तेलको मूल्यवृद्धिको असर अमेरिकामा पनि देखिएको छ। त्यहाँ पेट्रोल प्रति ग्यालन ४ डलर २७ सेन्ट र डिजेल ५ डलर ९८ सेन्ट पुगेको छ। डिजेलको मूल्यवृद्धिले ढुवानी, कृषि र रेल यातायातको लागत बढाउने चिन्ता थपिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल सम्झौताको सम्भावना नरहेको र नोभेम्बरको मध्यावधि निर्वाचनपछि मात्र मूल्य घट्न सक्ने सङ्केत गरेका छन्। विज्ञहरूले द्वन्द्व लम्बिएमा ब्रेन्ट क्रुडको मूल्य १२० देखि १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच, अमेरिकी ब्युरो अफ इकोनोमिक एनालिसिसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) ५ दशमलव ४ प्रतिशतले बढेको छ।

यो मुद्रास्फीतिको प्रारम्भिक सङ्केत मानिन्छ। केपीएमजीकी प्रमुख अर्थशास्त्री डियान स्वङ्कले डिजेल र तताउने इन्धनको मूल्यवृद्धि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि फैलिने चिन्ता व्यक्त गरेकी छन्। मुद्रास्फीतिको जोखिमलाई मध्यनजर गर्दै अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भका अधिकारीहरूले आगामी साता हुने ब्याजदर सम्बन्धी बैठकमा यसलाई प्राथमिकताका साथ हेर्ने भएका छन्। फेडरल रिजर्भका गभर्नर क्रिस्टोफर वालरले मुद्रास्फीति बढेमा ब्याजदर बढाउने विकल्पमा विचार गर्न सकिने बताएका छन्।

2