Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बेँसीसहर-चामे सडकमा काठे पुलको जोखिम

बेँसीसहर-चामे सडकमा काठे पुलको जोखिम
A A+ A-

काठमाडौं। लमजुङको बेँसीसहरदेखि मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा रहेका तीनवटा काठे पुलका कारण सवारी आवागमन जोखिमपूर्ण बनेको छ। वर्षायाममा खोलामा पानीको बहाव बढ्दा यी अस्थायी पुलबाट यात्रा गर्न कठिनाइ हुने गरेको छ।

डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एक गरी तीन स्थानमा काठे पुल छन्। सडकखण्डमा १५ वटा पक्की पुल निर्माणको माग गरिए पनि बजेट अभावका कारण काम अघि बढ्न सकेको छैन।

विष्टले भने, “पर्याप्त बजेट अभावमा पक्की पुल निर्माण हुन सकेन। पुल निर्माणका लागि आवश्यक डिजाइन तयार पारिएको छ, बजेट आइहाले पनि न्यून आउँछ, त्यसले पुल निर्माणको काम अघि बढाउन सम्भव हुँदैन। यस वर्ष पुलका लागि बजेट नै आएको छैन।”

केही स्थानमा ह्युमपाइप राखेर सवारी सञ्चालन गर्नुपर्ने बाध्यता रहेको आयोजनाले जनाएको छ। विष्टका अनुसार कतिपय स्थानमा पक्की पुल र बेलिब्रिज बने पनि बाढीपहिरोले क्षति पुर्‍याउँदा पुनः काठे पुल राख्नुपर्ने अवस्था आएको हो। वि.सं. २०८० असारमा तिमाङ र स्यार्कु खोलाका पुल भाँचिदा दुई दिन सडक अवरुद्ध भएको थियो।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काठे पुलका कारण ठूला सवारीसाधन सञ्चालनमा समस्या भएको बताए “हरेक वर्ष मर्मत गर्दै आएका छौँ,” उनले भने। काठे पुलका कारण सडक अवरुद्ध हुँदा मनाङवासीले आवातजावतका साथै खाद्यान्न र दैनिक उपभोग्य वस्तुको ढुवानीमा सास्ती भोग्नुपरेको छ।

मनाङलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले वि.सं. २०५१ मा सुरु भएको उक्त ६५ किलोमिटर लामो सडक २०६९ सालमा नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो। सडकको ३५ किलोमिटर लमजुङ र ३० किलोमिटर मनाङ जिल्लामा पर्छ।

2