Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उद्यमी बन्न चाहने विद्यार्थीलाई ४० लाखसम्म ऋण दिइने

उद्यमी बन्न चाहने विद्यार्थीलाई ४० लाखसम्म ऋण दिइने
अ+ अ-

काठमाडौं- सामाजिक उद्यमशीलता प्रवर्ध्दन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ ।

देशमा विद्यमान बेरोजगारी तथा युवाको विदेश पलायनका चुनौतीहरुलाई समाधान गर्ने उद्देश्यले क्याम्पसहरुको प्रस्तावमा आधारमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू छनोट गरी उक्त कार्यक्रम अगाडि बढाएको छ। ‘उद्यमशीलता सम्बन्धी पाठ्यक्रम’ तयार गरी युवा शिक्षक, विद्यार्थी तथा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरेको ५ वर्ष ननाघेका पूर्व विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रममा सहभागी गराइने छ ।

आफ्नै स्टार्टअप उद्यम स्थापना तथा विकासमा सहभागीहरूलाई सक्षम बनाउने उद्देश्यले यो कार्यक्रम तयार गरिएको हो । यसै सन्दर्भमा विश्व विद्यालय अनुदान आयोगबाट छनौटमा परेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा रहेको एन.आर. कलेजले आफ्ना विद्यार्थीलाई सो कार्यक्रममा सहभागी हुन शुक्रबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवर ध्वज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एन. आर. कलेजका क्याम्पस प्रमुख राजिप धितालले छनौट भएका विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम तथा सहयोग कार्यक्रममा सहभागी गराइने बताउनुहुँदै आयोगको सहयोगमा पाँच देखि ४० लाख रुपियाँसम्म बिना ब्याजको ऋण दिइने बताउनु भयो । उहाँले यो वास्तविकरुपमा सहकारी मोडलको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कलेजले उद्यमशीलताका लागि आवेदन आह्वान गरेको र परेका आवेदनहरुमध्ये छनौट भएका नवउद्यमीहरूलाई विभिन्न विषयमा ४० घण्टा भन्दा बढीको पाठ्यक्रममा आधारित प्रशिक्षण दिएर प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ।

उद्यमशीलता, सिर्जनाशीलता, नवीनता र आइडिया विकास, बिजिनेस मोडल क्यानभास निर्माण, व्यवसाय दर्ता, बजार व्यवस्थापन, रणनीति विकास, मानव संशाधन, लेखा तथा वित्तीय योजना, लगानी सङ्कलन र विस्तृत व्यवसाय योजना निर्माण, व्यवसायका लागि सामाजिक सञ्जाल सामग्री निर्माणजस्ता विविध विषयमा प्रशिक्षण दिइनेसमेत जानकारी गराइएको छ ।

कार्यक्रममा उद्यमशीलता विज्ञ समुन्द्र पौडेल, सफल उद्यमी शोभाकान्त बस्याललगायतले शिक्षक तथा विद्यार्थीहरुले नयाँ स्टार्टअप बिजनेस सुरु गर्दा ध्यान दिनुपर्ने विषयमा चर्चा गर्नुभयो । उहाँहरूले व्यवसाय सुरु गर्दा धेरै मेहनत र धैर्यको खाँचो पर्ने भएकाले इमान्दार भएर अगाडि बढ्न प्रोत्साहित गर्नुभयो ।

2