Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अर्थतन्त्र सुधार गर्न सरकारले ल्याउँदै पाँच विशेष आर्थिक प्याकेज

अर्थतन्त्र सुधार गर्न सरकारले ल्याउँदै पाँच विशेष आर्थिक प्याकेज
A A+ A-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउने लक्ष्यसहित सरकारले पाँच वटा विशेष आर्थिक प्याकेज ल्याउने तयारी गरेको बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिक साधारण सभामा बोल्दै उनले आगामी पाँच महिना आर्थिक पुनरुत्थानका लागि निर्णायक हुने बताए।

सरकारले अघि सारेको पहिलो प्याकेज भोटेकोशी बाढीबाट प्रभावित उद्योगी, व्यवसायी र सर्वसाधारणको राहत तथा पुनर्निर्माणसँग सम्बन्धित छ। मन्त्री वाग्लेले विपत्पछिको पुनर्निर्माणलाई जलवायु उत्थानशील पूर्वाधार निर्माणको अवसरका रूपमा प्रयोग गरिने बताए। दोस्रो प्याकेजमा पुँजी बजार सुधारका लागि १० देखि १२ बुँदे नीतिगत कार्यक्रम एक साताभित्र सार्वजनिक गरिनेछ।

तेस्रो प्याकेज निजी क्षेत्रको पुनरुत्थानमा केन्द्रित छ। यसले साना तथा मझौला उद्यम, स्टार्टअप, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई समेट्नेछ। सरकारले दशकौँदेखि बन्द रहेका गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टसहित सात वटा सार्वजनिक उद्योगको विस्तृत मूल्याङ्कन (डिडिए) सम्पन्न गरिसकेको छ। मन्त्री वाग्लेले भने, “सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ तर हामीले धुलो टकटक्याएका मात्र हौँ। यसलाई एउटा निश्चित विन्दुमा पुर्याएर निजी क्षेत्रलाई नै दिने हो।”

चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ग्रे लिस्टबाट हटाउन विशेष पहल भइरहेको छ। पाँचौँ प्याकेजमा भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालन गर्ने योजना रहेको छ।

मन्त्री वाग्लेले ७० खर्ब रुपियाँको अर्थतन्त्रलाई सरकारी बजेटले मात्र चलायमान बनाउन नसकिने भन्दै विदेशमा रहेका नेपालीको बचत परिचालन गर्न डायस्पोरा बन्डको प्रक्रिया अघि बढाएको जानकारी दिए।

2