Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी सुरु

बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी सुरु
A A+ A-

काठमाडौं। बुटवल उद्योग व्यापार संघले ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ भन्ने नाराका साथ राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ।

आगामी पुस ३ देखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलाका लागि आयोजकले २९ वटा उपसमिति गठन गरेको छ।

संघका अध्यक्ष लोकनाथ पन्थीले मेलाले स्वदेशी उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने बताए।

उनले आयात निरुत्साहित गर्दै निर्यात प्रवर्द्धन गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्य राखिएको जानकारी दिए। मेलामा स्वदेशी उत्पादन, स्थानीय र महिला उद्यमीका स्टललाई विशेष प्राथमिकता दिइनेछ।

वरिष्ठ उपाध्यक्ष पदम जीसीका अनुसार मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहनेछन् भने हालसम्म करिब एक सय स्टल बुकिङ भइसकेका छन्। मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन्, जसमा कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा, बैंक तथा निर्माण सामग्रीलगायतका उत्पादन र सेवा समावेश गरिनेछन्।

महासचिव विजय आचार्यले मेला अवधिभर पर्यटन गोष्ठी, युवा उद्यमशीलतासम्बन्धी अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, योग शिविर, रक्तदान र विभिन्न प्रतियोगिता सञ्चालन गरिने बताए। यसका साथै लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

कोषाध्यक्ष दिलीप शर्माका अनुसार १४ दिनसम्म चल्ने उक्त मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र ८ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ। शनिबार प्रदर्शनीस्थलमा मेलाको साइनबोर्ड र लोगो अनावरण गर्दै औपचारिक रूपमा तयारी अघि बढाइएको हो।

2