Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

नेपाली दुध भारततर्फ तस्करी : बजारमा अभाव र मूल्यवृद्धिको मार

नेपाली दुध भारततर्फ तस्करी : बजारमा अभाव र मूल्यवृद्धिको मार
A A+ A-

काठमाडौं। तराई क्षेत्रबाट भारततर्फ दुध तस्करी र दुग्धजन्य पदार्थको निर्यात बढ्दा नेपाली बजारमा दुधको अभाव सिर्जना भएको छ। सीमावर्ती भारतीय राज्यहरूमा माग बढेपछि किसान र व्यापारीहरूले दुध भारततर्फ पठाउन थालेका छन्, जसका कारण नेपालका डेरी उद्योगहरूमा प्रशोधनका लागि कच्चा दुधको कमी भएको छ।

पछिल्लो समय भारतका उत्तर प्रदेश र बिहारमा दुधको मूल्य नेपालको तुलनामा प्रतिलिटर ६ देखि १० रुपैयाँसम्म महँगो छ। उच्च मूल्यका कारण नेपाली उत्पादन अनौपचारिक माध्यमबाट भारततर्फ गइरहेको व्यवसायीहरूको भनाइ छ।

यसैबीच, दुग्ध विकास संस्थान (डीडीसी) ले भदौको पहिलो साता दुबईमा ६ सय किलो घिउ निर्यात गरेको छ। वार्षिक ५० हजार टन घिउ निर्यात गर्ने लक्ष्यसहित सुरु भएको यो प्रयासले स्टक कम हुँदा आन्तरिक बजारमा मूल्यवृद्धि भएको छ।

बजारमा बटर र नौनीको मूल्य प्रतिकेजी ३ सय रुपैयाँसम्म बढेको छ। नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले उत्पादनमा कमी र बढ्दो लागतका कारण मूल्यवृद्धि भएको स्वीकार गरे। उनले भने, ‘उद्योगहरूले किसानलाई बढी मूल्य तिर्नुपर्ने बाध्यता छ। जब उद्योगले किसानलाई बढी मूल्य तिर्छ, तब प्रशोधित दुध र अन्य दुग्धजन्य पदार्थहरूको मूल्य पनि स्वतः बढ्दै जान्छ।’

किसानहरूले भने दुध सङ्कलन केन्द्रहरूमा प्रयोग हुने डिजिटल एनालाइजर मेसिनको नियमन नहुँदा आफूहरू मारमा परेको गुनासो गरेका छन्। विकल्प एग्रो फार्मका सञ्चालक विकल्प बर्तौलाले भने, ‘पेट्रोल पम्पका मेसिनहरूमा नापतौल विभागले नियमित रूपमा जाँच गर्ने र सिलबन्दी गर्ने गरे पनि गाउँ-गाउँमा कलेक्सन सेन्टरहरूमा प्रयोग हुने दुध नाप्ने डिजिटल मेसिनहरूको कहिल्यै पनि अनुगमन हुँदैन।’

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरले माग र आपूर्तिको सन्तुलन बिग्रिएको बताउँदै वैज्ञानिक आधारबिना मूल्य निर्धारण गरिँदा समस्या दोहोरिएको जिकिर गरे। तराईका केही जिल्लाहरूमा प्रशासनले मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन सुरु गरेको छ। सिन्धुली प्रशासनले मूल्य बढाए कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

2