Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

खाद्यान्नको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीको प्रश्न

खाद्यान्नको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीको प्रश्न
A A+ A-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदनकुमार भण्डारीले खाद्यान्न र इन्धनको मूल्यमा भएको अनियन्त्रित वृद्धिको कारणबारे सरकारसँग जवाफ मागेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै काभ्रेबाट निर्वाचित सांसद भण्डारीले पछिल्लो एक महिनामा उपभोग्य वस्तुको मूल्यमा भएको भारी वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद भण्डारीले संसदमा मूल्यवृद्धिको विवरण प्रस्तुत गर्दै भने, ‘पछिल्लो एक महिनाको अवधिमा जीरा मसिनो चामल २२ सयबाट २६ सय र लङग्रेन चामल ३२ सयबाट ३६ सय पुगेको छ।’ उनले अन्य खाद्य वस्तुको मूल्य पनि उल्लेख्य बढेको बताए। उनका अनुसार मासको दाल १ सय ४० बाट २ सय, रहरको दाल १ सय ९० बाट २ सय १०, सनफ्लावर तेल २ सय ८० बाट ३ सय १० र भटमासको तेल २ सय ७० बाट ३ सय पुगेको छ। त्यस्तै चिनीको मूल्य १ सय ४० भन्दा माथि पुगेको र अण्डाको मूल्य प्रति क्रेट ६ सय ५ पुगेको उनले जानकारी दिए।

ग्यासको अभाव र लामो लाइनको समस्या कायमै रहेको उल्लेख गर्दै सांसद भण्डारीले सरकारलाई प्रश्न गरे, ‘अनियन्त्रित ढंगबाट मूल्यवृद्धि भएको छ। यो मूल्यवृद्धि हुनुको कारण के हो? र मूल्यवृद्धि नियन्त्रणमा सम्बन्धित मन्त्रालयको र सरकारको योजना के रहेको छ?’ बजारमा भइरहेको अचाक्ली मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।

2