Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता पीएमजीओको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता पीएमजीओको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
A A+ A-

काठमाडौं। भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल ओपन’ (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदारका रूपमा सहकार्य गरेको छ। यस प्रतियोगिताका लागि आवश्यक पर्ने उच्च गुणस्तरीय इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउने भएको छ।

ई-स्पोर्ट्समा खेलाडीको सीप र निर्णय क्षमताका साथै इन्टरनेटको कार्यसम्पादनले खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्छ। व्यावसायिक खेलमा इन्टरनेटको गति मात्र नभई स्थिरता, निरन्तरता र न्यून विलम्बता (लो लेटन्सी) निकै महत्त्वपूर्ण हुन्छन्।

खेलका क्रममा आउने सानो अवरोधले पनि नतिजा बदल्न सक्ने भएकाले पीएमजीओजस्तो ठूलो प्रतियोगिताका लागि भरपर्दो नेटवर्क चयन गरिएको हो।

भायानेटले यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरिसकेको छ। कम्पनीले पीएमजीओसँगको यस साझेदारीलाई आफ्नो नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाणका रूपमा लिएको छ।

यसबारे भायानेटले भनेको छ, ‘व्यावसायिक ई-स्पोर्ट्समा विश्वसनीयताको परीक्षण अझ फरक स्तरमा हुन्छ, जहाँ केही मिलिसेकेन्डको अन्तर वा गलत समयमा हुने एउटा सानो अवरोधले समेत खेलको नतिजा बदल्न सक्छ।

पीएमजीओजस्तो प्रतियोगिताका लागि इन्टरनेट उपलब्ध गराउने जिम्मेवारी पाउनु कार्यसम्पादन सबैभन्दा महत्त्वपूर्ण हुने अवस्थामा भायानेटको नेटवर्कले के गर्न सक्छ भन्ने कुराको प्रमाण हो।’

नेपालमा अन्तर्राष्ट्रिय स्तरका गेमिङ प्रतियोगिताहरू बढ्दै जाँदा आवश्यक कनेक्टिभिटी पूर्वाधारमा भायानेटले आफ्नो संलग्नता बढाउँदै लगेको छ। भायानेटले आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने दैनिक सेवामा पनि यही स्तरको स्थिरता र न्यून विलम्बतालाई आधार बनाएको दाबी गरेको छ।

2