Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

इन्धनको मूल्य वृद्धिले विश्वभर आन्दोलन, सिरियादेखि फिलिपिन्ससम्म सडक तात्यो

इन्धनको मूल्य वृद्धिले विश्वभर आन्दोलन, सिरियादेखि फिलिपिन्ससम्म सडक तात्यो
A A+ A-

काठमाडौं। अमेरिका र इरानबीचको द्वन्द्वका कारण विश्व बजारमा इन्धन आपूर्ति प्रभावित हुँदा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेपछि यसको प्रत्यक्ष असर यातायात, कृषि र उद्योग क्षेत्रमा परेको छ।

सिरियामा डिजेलको मूल्य ४० प्रतिशत र ग्यासको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि राष्ट्रपति बसर अल-असदको शासनविरुद्ध ठूला प्रदर्शन भएका छन्। प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गर्दै सरकारी अधिकारीको राजीनामा माग गरेका छन्।

ग्वाटेमालामा पनि इन्धनको मूल्य नियन्त्रण गर्न ट्रक चालक र आदिवासी समूहले सडक आन्दोलन गरेका छन्। त्यहाँको संसद्ले वर्षको अन्त्यसम्म मूल्यमा सीमा तोक्ने प्रस्तावमाथि छलफल गरिरहेको छ।

पोर्चुगलको एस्पिन्होमा व्यवसायी र श्रमिकले मूल्यवृद्धिविरुद्ध प्रधानमन्त्रीको निवास अगाडि प्रदर्शन गरेका छन्। सरकारले यातायात र अग्नि सेवालाई लक्षित गरी राहत प्याकेज घोषणा गरेको छ।

फ्रान्सको फोस-सुर-मेरमा माछा व्यवसायीले इन्धन डिपोमा नाकाबन्दी गरेका छन्। व्यवसाय सञ्चालन कठिन भएको भन्दै उनीहरूले सरकारको तत्काल ध्यानाकर्षण गराएका छन्।

फिलिपिन्समा यातायात मजदुरले इन्धनमा अनुदान र कर कटौतीको माग गर्दै हडताल गरेका छन्। मनिलामा विद्यार्थी र मजदुरले महँगीविरुद्ध प्रदर्शन गरिरहेका छन्। ऊर्जामन्त्री शेरोन एस गारिनले इन्धनको मूल्यवृद्धिले दैनिक बजेट र व्यवसाय सञ्चालन खर्चमा गम्भीर असर पारेको बताएकी छन्।

विश्वव्यापी रूपमा फैलिएको यो ऊर्जा संकटले कम आय भएका देशका नागरिकको दैनिक जीवनयापन कष्टकर बनाएको छ। तेल आयातमा निर्भर मुलुकहरूमा व्यापार घाटा र सरकारी खर्चको दबाब बढ्दै गएको छ।

2