काठमाडौं। विकास हाइड्रोपावरले आफ्ना सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ९० करोड ९१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरण गर्ने सम्बन्धमा कम्पनीले विद्युत् नियमन आयोगबाट यसअघि नै स्वीकृति प्राप्त गरिसकेको छ ।
सञ्चालक समितिले गरेको उक्त लाभांश प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्नेछन् ।
