Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अर्थतन्त्र चलायमान बनाउन विशेष राहत प्याकेजको माग

अर्थतन्त्र चलायमान बनाउन विशेष राहत प्याकेजको माग
A A+ A-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले भोटेकोसी बाढीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिन प्रतिनिधि सभाबाट आर्थिक पुनर्जागरण तथा पुनर्निर्माणको संकल्प प्रस्ताव पारित गर्न माग गरेकी छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र अर्थतन्त्रलाई गति दिन विशेष कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग आग्रह गरिन्।

सांसद अधिकारीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण, बीमा दाबीको शीघ्र फर्छ्योट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण र नीतिगत सहजीकरणसहितको विशेष आर्थिक राहत प्याकेज ल्याउन सरकारलाई ढिला नगर्न ध्यानाकर्षण गराइन्।

भोटेकोसी बाढीका कारण रणनीतिक सडक र उत्तरी नाकाहरू अवरुद्ध हुँदा आपूर्ति शृङ्खलामा असर परेको भन्दै उनले सडक पूर्वाधारका अवरोध हटाउन चौबीसै घण्टा तीन सिफ्टमा काम गर्नुपर्नेमा जोड दिइन्।

उनले निजी क्षेत्रको मनोबल उकास्ने वातावरण सिर्जना गर्नुपर्ने खाँचो औंल्याउँदै भनिन्, ‘शास्त्रमा भनिएको छ, आफ्नो कुलदेवतालाई असन्तुष्ट राखेर गरिएको तीर्थाटनले कहिल्यै फल दिँदैन।

हाम्रो अर्थतन्त्रको कुलदेवता भनेकै यही माटोमा जोखिम मोल्ने स्वदेशी उद्यमी व्यवसायी हुन्। जबसम्म आफ्नै देशका व्यवसायी ढुक्क हुँदैनन्, तबसम्म न आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ, न पुँजी बजार चल्छ, न विदेशी लगानी नै आउँछ।’

अधिकारीले पुनर्निर्माणका कार्यमा स्वदेशी स्रोत, साधन र उत्पादनको अधिकतम प्रयोग गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखिन्।

2