Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध

बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित, केही सडक पूर्ण अवरुद्ध
A A+ A-

काठमाडौँ। बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६ः३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही सडकखण्ड पूर्ण रूपमा बन्द छन्। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने बीपी राजमार्गसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित छन्। ती सडकमा अर्को सूचना जारी नभएसम्म यातायात पूर्ण रूपमा अवरुद्ध रहने प्रहरीले जनाएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–४ नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात व्यवस्थापन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

2