Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक

सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक
A A+ A-

काठमाडौं। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ८८ हजार २४८ पुगेको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशतले बढी हो। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए।

तथ्याङ्क अनुसार एसियाली बजार फस्टाउँदा पश्चिमी मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा भने गिरावट देखिएको छ। दक्षिण एसियाली (सार्क) राष्ट्रहरूबाट ३० हजार ८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन कुल आगमनको ३४.०९ प्रतिशत हो। यस क्षेत्रबाट हुने आगमनमा अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि भएको छ। भारतबाट मात्र १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १९.७५ प्रतिशत हिस्सा हो।

सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट आउने पर्यटकको सङ्ख्यामा ५८ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ। विशेष गरी चीनबाट ११ हजार २१२ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशतले बढी हो। जापान, मलेसिया र दक्षिण कोरियाबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि देखिएको छ।

यसैबीच युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी आएको छ। युरोपबाट आउने पर्यटक ८.७ प्रतिशतले घटेर १५ हजार १४८ मा सीमित भएका छन्। बेलायतबाट आउने पर्यटकको सङ्ख्यामा २५.२ प्रतिशतको गिरावट आएको छ। त्यस्तै अमेरिकी महादेशबाट आउने पर्यटक १२.३ प्रतिशतले घटेर १० हजार १०७ मा झरेको छ, जसमा संयुक्त राज्य अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या १४.३ प्रतिशतले घटेको छ। ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्या पनि २९ प्रतिशतले घटेको छ। मध्यपूर्वी राष्ट्रहरूबाट आउने पर्यटकमा भने ११.९ प्रतिशतको सकारात्मक वृद्धि देखिएको छ।

2