Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

भाटभटेनीमा किनमेल गर्दा दुईवटा टाटा पन्च ईभी जित्ने अवसर

भाटभटेनीमा किनमेल गर्दा दुईवटा टाटा पन्च ईभी जित्ने अवसर
A A+ A-

काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन्।

यस योजनाअन्तर्गत भाटभटेनीमा किनमेल गर्ने ग्राहकले दुईवटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।

योजनाअनुसार भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

खरिदको बिलका आधारमा एक जना विजेता छनोट गरी टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ। त्यसैगरी, भाटभटेनीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले पनि अर्को टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्। दशैं, तिहार र छठलाई लक्षित गरिएको यस योजनामार्फत दुई जना भाग्यशाली ग्राहकले गाडी जित्न सक्नेछन्।

टाटा पन्च ईभी आधुनिक विद्युतीय एसयूभी हो। कम्पनीका अनुसार यो गाडी ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित छ र यसमा ३२ किलोवाट आवर तथा ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालका सडकमा गरिएको परीक्षणअनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

यस गाडीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधाहरू रहेका छन्।

नेपालभर रहेका टाटा मोटर्सका २० वटा शोरुम र भाटभटेनीका २८ वटा स्टोरबाट टाटा गाडीबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ। चाडपर्वको अवसरमा भाटभटेनीमा किनमेल गर्ने टाटा गाडीका ग्राहकले थप उपहारसमेत पाउने बताइएको छ।

2