Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर
अ+ अ-

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ८२ पैसा र बिक्रीदर १३७ रुपियाँ ४२ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६० रुपियाँ ५४ पैसा र बिक्रीदर १६१ रुपियाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपियाँ ७९ पैसा र बिक्रीदर १८६ रुपियाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपियाँ ६६ पैसा र बिक्रीदर १७२ रुपियाँ ४१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५४ पैसा र बिक्रीदर ८९ रुपियाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ २५ पैसा र बिक्रीदर १०० रुपियाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०२ पैसा र बिक्रीदर १०७ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ०७ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४८ पैसा र बिक्रीदर ३६ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २६ पैसा र बिक्रीदर ३२ रुपियाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४३ पैसा र बिक्रीदर १७ रुपियाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपियाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपियाँ ९४ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

2