Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

आँखा उपचार सेवाबाट नेपालले भित्र्यायो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

आँखा उपचार सेवाबाट नेपालले भित्र्यायो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा
A A+ A-

काठमाडौं: नेपाल नेत्रज्योति सङ्घले आर्थिक वर्ष २०८२/८३ मा विदेशी बिरामीहरूको उपचारबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ। सङ्घको सञ्जालमा २८ वटा आँखा अस्पताल र २२६ वटा उपचार केन्द्र आबद्ध छन्, जसले स्वदेशीका साथै भारत, बङ्गलादेश र भुटानलगायतका देशका नागरिकलाई सेवा दिँदै आएका छन्।

सङ्घका प्रमुख वित्त अधिकृत देवराज पन्तका अनुसार विदेशी बिरामीहरूको सङ्ख्यामा भएको वृद्धिले नेपालको स्वास्थ्य सेवाप्रति अन्तर्राष्ट्रिय विश्वास बढिरहेको पुष्टि गर्छ। उनले भने, “नेपालको आँखा स्वास्थ्य सेवाले देशको अर्थतन्त्रमा योगदान दिन थालेको छ। विदेशी बिरामी नेपालको आँखा अस्पतालमा उपचार गर्न आउने क्रम बढिरहेको छ।”

सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले गुणस्तरीय सेवा, आधुनिक प्रविधि, अनुभवी नेत्र विशेषज्ञ र सर्वसुलभ उपचार खर्चका कारण नेपाल आँखा उपचारको आकर्षक गन्तव्य बनेको बताए। सङ्घको तथ्याङ्कअनुसार स्थापनाकालदेखि हालसम्म पाँच करोड दुई लाख ४८९ जनाले सेवा लिएका छन् भने ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ।

स्वास्थ्य पर्यटनमार्फत अस्पतालको आम्दानी मात्र नभई होटल, यातायात र स्थानीय बजारमा समेत आर्थिक गतिविधि बढ्ने सम्भावना रहेको छ। नेपालमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनको दर घटेर हाल ०.२८ प्रतिशतमा झरेको छ। सन् २०३० सम्म यसलाई ०.२० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ।

सङ्घका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य पर्यटनको सम्भावनालाई थप व्यवस्थित गर्न सरकारले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिए। उनले पूर्वाधारमा लगानी, अन्तर्राष्ट्रिय मापदण्डको सुनिश्चितता र उपचार प्रक्रियालाई थप सहज बनाउन आवश्यक रहेको बताए।

2