Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
A A+ A-

मुक्तिनाथ: उपल्लो मुस्ताङका दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ। टेकमाइण्ड नेटवर्कको सेवा अवरुद्ध हुँदा लोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा र सरकारी कार्यालयहरू प्रभावित बनेका छन्। गत असोज ९ गतेको बाढीपछि इन्टरनेट सेवा बन्द भएको हो।

लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरूङले इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी कामकाज, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायको सेवा प्रवाहमा समस्या भएको बताउनुभयो। अध्यक्ष गुरूङले भन्नुभयो, ‘इन्टरनेट मर्मत नहुँदा सरकारी सेवा प्रवाह समेत प्रभावित भएको छ, अन्य बैकल्पिक माध्यमबाट काम गरिएको छ, अग्रिम भुक्तानी गरेको कम्पनीले मर्मतमा चासो देखाएको छैन।’ उहाँका अनुसार बारम्बार अनुरोध गर्दा पनि कम्पनीले बेवास्ता गरेपछि जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराइएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलले नेपाल टेलिकमको डाटा प्रयोग गरेर काम चलाउनुपरेको बताउनुभयो। पौडेलले भन्नुभयो, ‘इन्टरनेट सेवा प्रदायकको चरम लापरवाहीको कानुनी उपचार नै खोज्नुपर्ने बाध्यता भएको छ, अब अग्रिम भुक्तानी गरेकाको रकम फिर्ताको माग गरेका छौ।’ स्थानीयले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेकमाइण्ड नेटवर्कमाथि कारबाही गर्न माग गरेका छन्। मुस्ताङका अन्य गाउँपालिकाहरूमा पनि इन्टरनेटको गुणस्तर कमजोर रहेको स्थानीयको गुनासो छ। टेकमाइण्ड नेटवर्कले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

2