Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

फ्रान्समा हिंसा बढ्दा पर्यटन क्षेत्रमा नकारात्मक असर

फ्रान्समा हिंसा बढ्दा पर्यटन क्षेत्रमा नकारात्मक असर
A A+ A-

काठमाडौं: फ्रान्सका विभिन्न सहरमा भइरहेको हिंसाका कारण त्यहाँको पर्यटन क्षेत्र प्रभावित बनेको छ। पेरिस, निस र लियोनजस्ता सहरमा देखिएका दङ्गा र हिंसात्मक घटनाले पर्यटकको आगमन र पर्यटन आम्दानीमा असर पर्ने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

पर्यटन संस्थाहरूको छाता सङ्गठन एडिएन टुरिजमकी प्रमुख क्रिस्टेल कासाग्नेले हिंसात्मक घटनाहरू पर्यटनका लागि विनाशकारी भएको बताएकी छन्। प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी र लुटपाटजस्ता घटनाले फ्रान्सको पर्यटन छविलाई नकारात्मक असर पारेको छ। सामाजिक सञ्जालमा फैलिएका हिंसाका दृश्यले गर्दा कतिपय पर्यटकले आफ्नो यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन्।

परामर्श संस्था प्रोटुरिजमका प्रमुख डिडियर अरिनोका अनुसार पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढेको छ। पेरिसमा हिंसा भएकै दिन होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए। यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल बुकिङको तुलनामा यो तत्काल ठुलो गिरावट नभए पनि हिंसा लम्बिएमा गम्भीर असर पर्न सक्ने चेतावनी दिइएको छ।

फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्दै आएको छ। विशेषगरी लामो दूरीबाट आउने र बढी खर्च गर्ने पर्यटकको सङ्ख्या घटेमा राजस्वमा ठुलो धक्का लाग्ने देखिन्छ। अमेरिका, चीन र जर्मनीले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ।

ट्राभल एजेन्सी समूह सेलेक्टुरका कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार हिंसा दुई सातामै नियन्त्रणमा आए ठुलो क्षति नहुन सक्छ, तर महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि त्यो विनाशकारी हुनेछ। एमकेजी कन्सल्टिङका अनुसार पेरिसका महँगा होटल र आगामी छ साताका लागि गरिएका बुकिङमा हिंसाको प्रभाव बढी देखिएको छ। आगामी हप्ताको अवस्थाले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्ने व्यवसायीहरूको भनाइ छ।

2