Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
A A+ A-

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्‍याएको छ।

सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको पहिरोले सडकको अवस्था बिगारेको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार बाढीले सडकका विभिन्न भाग बगाउनुका साथै पहिरोले दर्जनौँ स्थानमा संरचना भत्काएको छ।

योजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको कटानले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने अन्य ५० स्थानमा पहिरोले क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमानमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति देखिएको छ। तत्काल सामान्य मर्मत गरेर दुई साताभित्रै सडक सञ्चालनमा ल्याइए पनि दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने उनको भनाइ छ।

शर्माका अनुसार सडकलाई सुरक्षित र दिगो रूपमा पुनर्निर्माण गर्न पहिरो नियन्त्रण, नदी कटान रोक्ने संरचना निर्माण र सडकको सतह सुधार गर्नुपर्नेछ। म्याग्दी खण्डमा यसअघि गरिएको डिबिएसडी कालोपत्रलाई समेत अक्सफाल्ट पिचको निर्धारित स्वरूपमा स्तरोन्नति गर्नुपर्ने भएकाले पुनर्निर्माणको लागत बढ्ने अनुमान गरिएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म फैलिएको २०२ किलोमिटर लामो सडकको सबैभन्दा बढी क्षति म्याग्दी खण्डमा भएको छ। यस खण्डको करिब ३३ किलोमिटर सडक बाढी, पहिरो र कटानबाट प्रभावित भएको छ। विगतमा जोखिमपूर्ण मानिएका स्थानमा मात्रै नभई पहिले सुरक्षित ठानिएका क्षेत्रमा समेत नयाँ पहिरो खस्ने र नदीले सडक काट्ने समस्या देखिएको छ।

सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यो सडक निर्माण सुरु भएयताकै सबैभन्दा ठूलो क्षति पछिल्लो विपद्बाट भएको बताएका छन्।

२०७३/७४ मा निर्माण सुरु भएको सडकको म्याग्दी खण्डमा पछिल्लो समय स्तरोन्नति गरिएका भागसमेत क्षतिग्रस्त भएका छन्। यसले सडक निर्माणमा भएको लगानी जोगाउन र भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्न थप बलिया संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ।

बाढीपहिरोले सडकमा क्षति पुर्‍याएपछि यात्राको समयसमेत उल्लेख्य रूपमा बढेको छ। पहिले करिब एक घण्टा तीन मिनेटमा पार गर्न सकिने म्याग्दी खण्ड छिचोल्न अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ।

पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुह्येभिर, खामभित्ता र सुकेबगरलगायत क्षेत्रमा सडक क्षतिग्रस्त भएको छ।

कालीगण्डकी नदीले पोखरेबगरस्थित सडक पुल बगाएपछि अस्थायी मार्ग निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। अन्य क्षतिग्रस्त क्षेत्रमा पनि एकतर्फी सवारी चलाउन मिल्ने गरी बाटो खुलाइएको छ। तर, साँघुरो मार्ग र कमजोर सडकका कारण सवारीसाधन फस्ने, लामो समय जाममा बस्नुपर्ने र आवागमनमा कठिनाइ हुने समस्या कायमै छ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कोरला नाकाबाट आउने र जाने मालवाहक कन्टेनर, मुस्ताङतर्फ आवतजावत गर्ने सवारीसाधन, पर्यटक तथा स्थानीयवासीको चापका कारण क्षतिग्रस्त सडकमा यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। सडकको अवस्था कमजोर रहँदा व्यापार, पर्यटन र स्थानीय जनजीवनमा समेत असर परेको छ।

बेनी–जोमसोम–कोरला सडक चीनसँगको व्यापारिक सम्पर्क विस्तार गर्ने, कोरला नाकाबाट हुने आयात–निर्यात सहज बनाउने र मुस्ताङको पर्यटन प्रवर्द्धन गर्ने दृष्टिले महत्वपूर्ण मानिन्छ। यस सडकमा हुने अवरोधले स्थानीय आवागमनमा मात्रै नभई सीमापार व्यापार र पर्यटकीय गतिविधिमा समेत प्रत्यक्ष असर पार्ने भएकाले यसको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।

केही दिनअघि क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए। उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनसमेत निर्देशन दिएका थिए।

तत्कालका लागि अस्थायी मर्मत गरेर यातायात सञ्चालन गरिए पनि सडकलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन ठूलो लगानी आवश्यक पर्ने देखिएको छ। बाढी र पहिरोबाट बारम्बार प्रभावित हुने कालीगण्डकी करिडोरका जोखिमयुक्त स्थानमा नदी नियन्त्रण, पहिरो रोकथाम र सडक संरचनाको दिगो सुधार गर्न नसके भविष्यमा पनि यस्तै क्षति दोहोरिने जोखिम रहनेछ।

2