काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबार बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस देखिएको छ।
बुधबार सोही समयमा न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसमविद् बिनु महर्जनका अनुसार बुधबारको तुलनामा आज बिहानको प्रारम्भिक तापक्रम घटेको हो।
यद्यपि बुधबार बिहान ८:४५ बजेको अन्तिम मापनमा न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको थियो।
महाशाखाले आज पनि बिहान ८:४५ बजे वास्तविक न्यूनतम तापक्रम पुनः मापन गर्ने जनाएको छ। मौसमविद्हरूका अनुसार बिहानको अन्तिम मापनमा तापक्रम सुरुवाती मापनभन्दा केही कम हुने सम्भावना रहन्छ। यद्यपि कहिलेकाहीँ तापक्रम स्थिर रहन पनि सक्ने सम्भावना हुन्छ।

