Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात
A A+ A-

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ।

बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि निर्यात कारोबार रकम भने बढेको छ।

प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत भारत निर्यात भएको हो। यो रकम गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको विद्युत निर्यात भएको छ।

विद्युत निर्यात द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा तथा भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा गरिएको प्राधिकरणले जनाएको छ। असोजमा निर्यात भएको कुल विद्युतको करिब दुई तिहाइ हिस्सा द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री भएको हो।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पुनः सुरु भएको छ। भदौ १० गतेको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुगेपछि निर्यात रोकिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट विद्युत निर्यात गर्ने स्वीकृति प्राप्त भएपछि निर्यात सुचारु भएको हो।

नयाँ व्यवस्थाअनुसार अब सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात हुनेछ। नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत निर्यात गरिन्छ।

थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १,१७९ मेगावाट पुगेको छ।

2