काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।
युरो एकको खरिद दर १७९ रुपैयाँ २१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै पाउण्ड स्टर्लिङ एकको खरिद दर २०२ रुपैयाँ २४ पैसा र बिक्री दर २०३ रुपैयाँ ४ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १८३ रुपैयाँ ३४ पैसा र बिक्री दर १८४ रुपैयाँ ७ पैसा छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०७ रुपैयाँ १३ पैसा छ भने क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३५ पैसा र बिक्री दर १०८ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ५० पैसा र बिक्री दर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ।
साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४७ पैसा र बिक्री दर ४० रुपैयाँ ६३ पैसा छ। कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ३७ पैसा र बिक्री दर ४१ रुपैयाँ ८४ पैसा छ। यूएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ३६ पैसा र बिक्री दर ४१ रुपैयाँ ५२ पैसा छ। मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
