Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको सुरक्षा रिपोर्ट सार्वजनिक

टिकटकद्वारा सन् २०२६ को दोस्रो त्रैमासिकको सुरक्षा रिपोर्ट सार्वजनिक
A A+ A-

काठमाडौं: टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अवधि (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टले प्लेटफर्ममा सुरक्षित र विश्वसनीय डिजिटल वातावरण कायम राख्न कम्पनीले चालेका कदमहरूलाई उजागर गरेको छ।

नेपालमा मात्रै यस तीन महिनाको अवधिमा टिकटकले गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १ सय ९१ वटा भिडियो हटाएको छ। यो नेपालमा अपलोड भएका कुल भिडियोको ०.४ प्रतिशत हो। कम्पनीका अनुसार प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै यस्ता भिडियो पहिचान गरी हटाउने दर ९९.५ प्रतिशत छ भने ९२.३ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएका छन्। समीक्षापश्चात ३३ हजार ५ सय ३ वटा भिडियो पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ।

विश्वव्यापी रूपमा टिकटकले १८ करोड ८२ लाख ९८ हजार १ सय ४१ वटा भिडियो हटाएको छ, जुन कुल सामग्रीको ०.५ प्रतिशत हुन आउँछ। यसमध्ये १८ करोड ३३ लाख ४४ हजार ७ सय ७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रणालीमार्फत हटाइएका हुन्। विश्वभर ९२.७ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएका थिए भने ६२ लाख ६२ हजार ३ सय ८३ वटा भिडियो समीक्षापछि पुनःस्थापना गरिएका छन्।

प्लेटफर्मको विश्वसनीयता कायम राख्न टिकटकले फेक एकाउन्टहरूमा पनि कारबाही गरेको छ। यस अवधिमा १४ करोड ६८ लाख ७ हजार ४ सय वटा फेक एकाउन्ट र १३ वर्षमुनिका प्रयोगकर्ता हुन सक्ने आशङ्का गरिएका २ करोड ६८ लाख ४० हजार ७ सय ६७ वटा एकाउन्ट हटाइएका छन्। साथै, २७ करोड ८३ लाख ८४ हजार ४ सय ६३ वटा कमेन्ट पनि हटाइएको छ।

लाइभ फिचरतर्फ २.४ प्रतिशत सामग्री निलम्बनमा परेका छन्। नियम उल्लङ्घनका कारण ७ करोड ६७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १ सय ३५ जना क्रिएटरमाथि कारबाही गरिएको छ। कम्पनीले अटोमेटेड मोडरेसन सिस्टमलाई थप प्रभावकारी बनाउँदै क्रिएटर र समुदायका लागि सुरक्षित वातावरण कायम राख्ने प्रतिबद्धता जनाएको छ।

2