Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सेबोनद्वारा आईपीओ पाइपलाइनका ११७ कम्पनी ६ चरणमा विभाजित

सेबोनद्वारा आईपीओ पाइपलाइनका ११७ कम्पनी ६ चरणमा विभाजित
A A+ A-

काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर (आईपीओ) निष्कासनको पर्खाइमा रहेका ११७ कम्पनीहरूलाई विभिन्न ६ चरणमा वर्गीकरण गरेको छ। बोर्डका अनुसार हाल कुल ७१ अर्ब ४२ करोड रुपैयाँ बराबरको ५१ करोड ९ लाख कित्ता सेयर निष्कासनको प्रक्रियामा छन्।

बोर्डले यी कम्पनीहरूलाई आवेदन दर्ता, प्रारम्भिक समीक्षा, टिप्पणी पठाइएका, जवाफ प्राप्त भएका, जवाफ समीक्षा र अन्तिम समीक्षा गरी ६ वटा चरणमा विभाजन गरेको हो। पाइपलाइनमा रहेका कम्पनीहरूमा जलविद्युत, उत्पादन, होटल, लगानी र लघु बीमा लगायतका विभिन्न क्षेत्रका कम्पनीहरू समावेश छन्। ५ वटा कम्पनीले प्रिमियम मूल्य थपेर सेयर जारी गर्न अनुमति मागेका छन्।

अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स गरी २ वटा कम्पनी रहेका छन्। त्यस्तै, जवाफ समीक्षाको चरणमा १० कम्पनी, बोर्डमा जवाफ पेस गरेका १९ कम्पनी, सुधारका लागि टिप्पणी पठाइएका ४ कम्पनी र प्रारम्भिक समीक्षामा ६ कम्पनी रहेका छन्। सबैभन्दा धेरै ७६ वटा कम्पनीहरू भने प्रारम्भिक आवेदन दर्ताको चरणमा छन्।

2