Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी
A A+ A-

काठमाडौं: विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयको तथ्याङ्कअनुसार असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ। यो लक्ष्यको १००.२६ प्रतिशत हो। गत आर्थिक वर्षको सोही महिनामा कार्यालयले २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो। गत वर्षको तुलनामा यो वर्षको असोजमा ३८.१५ प्रतिशतले राजस्व वृद्धि भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा समग्र राजस्व असुली लक्ष्यको ९५.८६ प्रतिशत पुगेको छ। यस अवधिमा १० अर्ब १५ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ, जबकि लक्ष्य १० अर्ब ५९ करोड ५३ लाख रुपैयाँ थियो।

यस अवधिमा विराटनगर नाकाबाट ९८ अर्ब २६ करोड २६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु आयात र २९ अर्ब ३५ करोड ७४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ६७ प्रतिशतले र निर्यात ३६ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो तीन महिनामा ५८ अर्ब ७६ करोड ३९ लाख रुपैयाँको आयात र २१ अर्ब ६६ करोड २२ लाख ९५ हजार रुपैयाँको निर्यात भएको थियो।

2