Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध
A A+ A-

काठमाडौं: मलेसिया रोजगारीका लागि जाने नयाँ श्रमिकहरूको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ। स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेटका कारण नयाँ कामदारको प्रक्रिया अवरुद्ध भएको व्यवसायीहरूले बताएका छन्। मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) मा नेपालका २५ म्यानपावर कम्पनीलाई प्रमुख र २५० कम्पनीलाई सहायकका रूपमा छनोट गर्ने विषयमा विवाद देखिएपछि यो समस्या उत्पन्न भएको हो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार मलेसिया रोजगारी पूर्ण रूपमा बन्द नभए पनि स्वास्थ्य परीक्षण गर्ने सीमित संस्थाको सिन्डिकेटले नयाँ कामदारको प्रक्रिया अघि बढाउन बाधा पुर्‍याएको छ। खत्रीले भने, ‘सिन्डिकेटवालाहरूले कामदार पठाउने बाटोको मुखमै बिर्को लगाइदिएका छन्। कामदार जान चाहन्छन्, डिमाण्ड पनि छ, तर सिन्डिकेटले ट्रयाप बनाएको छ।’ यद्यपि, पुरानो प्रक्रिया पूरा गरेका श्रमिकहरू भने निरन्तर मलेसिया गइरहेका छन्।

यता युवा, श्रम तथा रोजगार मन्त्रालयले भने मलेसिया रोजगारी र स्वास्थ्य परीक्षण नरोकिएको स्पष्ट पारेको छ। मन्त्रालयकी प्रवक्ता मिरा आचार्यले मलेसियासँग कामदार छनोटसम्बन्धी विवाद समाधान गर्न कूटनीतिक संवाद भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘सरकारले आफैं मलेसियाको रोजगारी रोक्ने भन्ने कुरै आउँदैन। कुनै विशेष परिस्थितिबाहेक खुला भइसकेका देशमा हामीले रोजगारी रोक्दैनौं।’

मलेसिया सरकारले लागु गरेको नयाँ प्रणालीमा २५ म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउने अधिकार दिने प्रस्तावलाई नेपाल सरकारले अस्वीकार गरेको छ। विवाद चर्किएपछि सूचीकृत २५ प्रमुख कम्पनीले समेत उक्त प्रणालीबाट बाहिरिन चाहेको भन्दै सरकारसमक्ष निवेदन दिएका थिए। सोहीअनुरूप सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई सूचीबाट नाम हटाउन कूटनीतिक आग्रह गरेको छ। हाल एफडब्ल्युसिएमएस प्रणालीमा कुनै पनि नेपाली म्यानपावर कम्पनीको नाम देखिँदैन।

2