Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर
अ+ अ-

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ३७ पैसा र बिक्रीदर १३८ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २१ पैसा र बिक्रीदर १६१ रुपियाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ६२ पैसा र बिक्रीदर १८६ रुपियाँ ४३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ७० पैसा र बिक्रीदर १७३ रुपियाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ३१ पैसा र बिक्रीदर ९१ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७८ पैसा र बिक्रीदर १०१ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ७२ पैसा र बक्रीदर १०८ रुपियाँ १९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्रीदर १९ रुपियाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८९ पैसा र बिक्रीदर ३७ रुपियाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७० पैसा र बिक्रीदर ३२ रुपियाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ तीन पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४५ पैसा र बिक्रीदर १४ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६० पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपियाँ २७ पैसा र बिक्रीदर ४५५ रुपियाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ नौ पैसा र बिक्रीदर ३६८ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ३९ पैसा र विक्रीदर ३६० रुपियाँ ९५ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

2