Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

नौ सिटे ईभीको सिट क्षमता बढाएको विषयमा छानबिन गर्न माग

नौ सिटे ईभीको सिट क्षमता बढाएको विषयमा छानबिन गर्न माग
A A+ A-

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनका विषयमा निष्पक्ष छानबिनको माग गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत विद्युतीय सवारीसाधनको प्राविधिक मापदण्ड र कानूनी प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।

सिटौलाले शुरूमा ९ सिट क्षमताका रूपमा स्वीकृति पाएका सवारीसाधनलाई कुन प्राविधिक आधार र कानूनी प्रक्रियाअन्तर्गत ११ सिटमा परिणत गरियो भन्ने प्रश्न गरेका छन् । यात्रु सुरक्षाका लागि सिट संख्या निर्धारण गरिएको हो वा अन्य कुनै दबाबमा यस्तो निर्णय गरिएको हो भन्ने विषयमा उनले स्पष्ट पार्न माग गरेका छन् ।

यस विषयमा यातायात व्यवस्था विभाग, प्रदेश सरकार र सम्बन्धित यातायात कार्यालयहरूलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । तोकिएको सीमाविपरीत परमिट वितरण गरिएको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

साथै, विद्युतीय माइक्रोबसको प्राविधिक अवस्था, ब्याट्री, ब्रेक प्रणाली र समग्र सुरक्षा मापदण्डको तत्काल परीक्षण गर्न उनले आग्रह गरेका छन् । भविष्यमा दुर्घटना हुन नदिन स्पष्ट नीति, मापदण्ड र प्रभावकारी नियमनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

2