Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

मन्त्री साह र भारतीय उद्योगमन्त्री गोयलबीच द्विपक्षीय वार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री गोयलबीच द्विपक्षीय वार्ता
A A+ A-

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा उनीहरूबीच व्यापार, पारवहन, औद्योगिक सहकार्य र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटका क्रममा मन्त्री साहले नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा भारतीय मानक ब्यूरो (बीआईएस) को प्रमाणपत्र लिन भोग्नुपरेका प्रक्रियागत जटिलता र लागतबारे ध्यानाकर्षण गराए। उनले सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता र धागोलगायतका नेपाली उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज बनाउन आग्रह गरे। नेपालमा बीआईएस मापदण्डको प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा मन्त्री गोयलले सकारात्मक चासो देखाउँदै आफ्नो मन्त्रालयका सचिवलाई आवश्यक समन्वय गर्न निर्देशन दिएका छन्।

दुई मन्त्रीबीच नेपालका लागि धाम्रा र मुन्द्रा बन्दरगाहको थप सुविधा, नेपाल-भारत व्यापार सन्धिको पुनरावलोकन र काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अवरोध हटाउने विषयमा छलफल भएको छ। साथै, कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एण्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा व्यवस्थापनबारे पनि कुराकानी भएको छ।

छलफलमा नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी-डम्पिङ शुल्कको पुनरावलोकन, नेपाली चियाको निर्बाध निर्यात र कृषि उत्पादनको गुणस्तर परीक्षणसम्बन्धी विषयले प्राथमिकता पाएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायबाट मान्यता दिने र सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्ने प्रस्तावसमेत राखिएको छ। मन्त्री साहले आपसी विश्वास र सरल व्यापार प्रक्रियामा जोड दिएका छन् भने मन्त्री गोयलले प्राविधिक छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।

2