Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

बाँकेमा सहकारीले सुरु गर्‍यो १० हजार क्विन्टल धान खरिद

बाँकेमा सहकारीले सुरु गर्‍यो १० हजार क्विन्टल धान खरिद
A A+ A-

काठमाडौं: बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित एक सहकारीले यस वर्ष १० हजार क्विन्टल धान खरिद सुरु गरेको छ। सरकारीस्तरबाट धान खरिदको कोटा कटौती भएपछि समस्यामा परेका किसानका लागि साकार कृषि सहकारी संस्था लिमिटेडको यो कदमले राहत मिलेको छ।

सहकारीका मुख्य प्रबन्धक जमानसिंह वलीका अनुसार किसानको मेहनतको सम्मान गर्दै धानको जातअनुसार मूल्य निर्धारण गरी खरिद प्रक्रिया अघि बढाइएको हो। सहकारीले मसिनो धान प्रतिक्विन्टल ३ हजार २०० रुपियाँ, राधा-४ मोटो धान २ हजार ८५० रुपियाँ र हाइब्रिड धान २ हजार ७५० रुपियाँमा खरिद गरिरहेको छ। प्रबन्धक वलीले स्थानीय किसानलाई उत्पादनको उचित मूल्य दिलाउने र व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए।

राप्तीसोनारी-६ फत्तेपुरमा कार्यालय रहेको यस सहकारीमा ८ हजारभन्दा बढी किसान सदस्य छन्। सहकारीका अध्यक्ष हुमाशंकर वलीका अनुसार खरिद गरिएको धान भण्डारणका लागि राप्तीसोनारी-५ बिनौनामा व्यवस्था मिलाइएको छ। साथै, किसानको उत्पादनलाई स्थानीयस्तरमै प्रशोधन र बजारीकरण गर्न सहकारीले ५५ लाख रुपियाँको लगानीमा अत्याधुनिक सिल्की चामल मिल पनि सञ्चालनमा ल्याएको छ।

यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका लागि धान खरिद कोटा आधा घटाएर १० हजार क्विन्टल मात्र निर्धारण गरेको छ। किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले सरकारी कोटा सीमित हुँदा किसानलाई धान बिक्री गर्न समस्या भएको बताए। उनले सहकारीको खरिद अभियानले किसानलाई केही राहत मिले पनि सरकारले कोटा वृद्धि नगरे किसान आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए।

2