Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

इलामका किसान धान भित्र्याउन व्यस्त

इलामका किसान धान भित्र्याउन व्यस्त
A A+ A-

काठमाडौं: तिहार सकिएसँगै इलामका किसान धान काट्न र भित्र्याउन व्यस्त भएका छन्। यस वर्ष समयमै वर्षा र अनुकूल मौसमका कारण धान उत्पादन राम्रो भएको र बाली भित्र्याउने समयमा पनि मौसमले साथ दिएकाले किसानहरू उत्साहित देखिएका छन्।

माङसेबुङ गाउँपालिका-३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले मौसमले साथ दिएपछि धान काट्ने काम सुरु गरिएको बताए। उनले ४० रोपनी जग्गामा धानखेती गरेका छन्। धान पाक्ने बेलामा चरा र मुसाबाट जोगाउन किसानहरूलाई बाली थन्क्याउन भ्याइनभ्याइ छ। अर्का किसान हस्तबहादुर पोख्रेलका अनुसार अहिले तल्लो क्षेत्रका फाँटहरू धानले पहेँलपुर भएका छन्। माङसेबुङ, चुलाचुली, माई र रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा धान काट्ने काम तीव्र पारिएको छ।

किसान दिलकुमार लावतीले धान वर्षभरिको मुख्य अन्नबाली भएकाले परिवारका सबै सदस्य काममा खटिएको बताए। धान थन्क्याएपछि किसानहरूले तोरी, फापर, आलु, गहुँ र तरकारीजस्ता बाली लगाउने तयारी गरेका छन्। कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा ११ हजार ६२ दशमलव ६४ हेक्टरमा धानखेती गरिन्छ। विशेषगरी चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक धानखेती हुने गरेको छ।

इलाममा सावित्री, रञ्जित, चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानलगायतका धानका जात लगाइने गरिएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रदीप लुइँटेलले समयमै रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरिएको जानकारी दिए। कात्तिकको अन्तिम सातादेखि मङ्सिरसम्म इलामका किसानलाई धान काट्ने र थन्क्याउने चटारो हुन्छ।

2