Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बजारमा माग बढेपछि बर्दियाका किसान थारु आलुखेतीतर्फ आकर्षित

बजारमा माग बढेपछि बर्दियाका किसान थारु आलुखेतीतर्फ आकर्षित
A A+ A-

बर्दिया: स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने थारु आलुखेतीतर्फ आकर्षित भएका छन्। स्थानीय तहले बीउमा अनुदान उपलब्ध गराउन थालेपछि यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।

बढैयाताल गाउँपालिका-६ मैनापोखरका किसान हाकिम थारुले गत वर्ष अनुदानमा प्राप्त बीउबाट राम्रो उत्पादन भएपछि यस वर्ष खेतीको क्षेत्रफल बढाएका छन्। उनले गत वर्ष एक कट्ठामा चार क्विन्टल आलु उत्पादन गरेका थिए। अर्का किसान परशुराम थारुले दुई कट्ठा जग्गाबाट सात क्विन्टल आलु उत्पादन गरी चार क्विन्टल बिक्रीबाट रु २० हजार आम्दानी गरेका थिए। उनले थारु आलुको माग उच्च भएकाले ग्राहक घरमै आउने गरेको बताए।

एक दशकअघि लोप हुने अवस्थामा पुगेको यो बालीको माग अहिले नेपालगन्ज, कोहलपुर, काठमाडौँ र पोखरासम्म पुगेको छ। उपभोक्ता सपना भट्टराईले स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले आफूले सिजनमै किनेर वर्षभरिका लागि राख्ने गरेको बताइन्।

बढैयाताल गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीका अनुसार गाउँपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा १६ क्विन्टल बीउ वितरण गरेको थियो। चालु आर्थिक वर्षमा आलुखेती विस्तारका लागि रु चार लाख बजेट विनियोजन गरिएको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीले बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा यसको खेती बढी हुने गरेको जानकारी दिए। प्रदेश सरकारले पनि रैथाने बाली संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको छ।

कृषि प्राविधिकका अनुसार थारु आलुलाई शीतभण्डारको आवश्यकता पर्दैन। प्रकाश नपर्ने ओसिलो ठाउँमा राखे वर्षभरि नै भण्डारण गर्न सकिन्छ। अन्य आलुको तुलनामा उत्पादन केही कम भए पनि बजारमा प्रतिकिलो रु ४० सम्ममा बिक्री हुने भएकाले यो किसानका लागि फाइदाजनक छ। यद्यपि, किसान अगुवा जगत चौधरीले पर्याप्त प्रचारप्रसार र बजारीकरणको अभाव अझै रहेकाले सरकारी तहबाट थप व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।

2