काठमाडौं: लभी हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित रेस्टुरेन्ट चेन ‘जिग्री सेकुवा’ ले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ शाखा सञ्चालनमा ल्याउने भएको छ। यो आउटलेट हालसम्मकै ठुलो र भव्य रहेको सञ्चालकहरूले जनाएका छन्।
आगामी मङ्सिर २ गते विशेष समारोहका बिच रेस्टुरेन्टको उद्घाटन गरिनेछ। उद्घाटनको अवसरमा ग्राहकका लागि निःशुल्क सेकुवा र बियरसहितको बम्पर अफर घोषणा गरिएको छ। धुम्बाराहीमा स्थापना गरिएको यस आउटलेटमा युवा लगानीकर्ता सुजन बानियाँले लगानी गरेका छन्। बानियाँले लभी हस्पिटालिटी ग्रुपसँग सहकार्य गर्दै हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका हुन्।
यो नयाँ आउटलेटसँगै जिग्री सेकुवा अब पूर्ण रूपको ‘फुल-फ्लेज्ड’ रेस्टुरेन्टमा परिणत भएको छ। यहाँ ग्राहकले परम्परागत लोकल सितनका साथै इन्डियन र इटालियन खानाका विभिन्न परिकारहरूको स्वाद लिन पाउनेछन्। रेस्टुरेन्टको आन्तरिक सजावट र वातावरण प्रिमियम बनाइएको भए पनि मूल्य भने पुरानै ‘एमआरपी’ अवधारणामा आधारित रहनेछ।
कोरोना महामारी र आर्थिक मन्दीको समयमा थोरै खर्चमा गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले सुरु भएको जिग्री सेकुवा छोटो समयमै उपत्यकाका फुड पारखीमाझ लोकप्रिय बनेको छ। लभी गार्डेनका सञ्चालक सुदर्शन पौडेलले कम खर्चमा साथीभाइ मिलेर रमाउन सक्ने वातावरण तयार पार्न यो ब्रान्डको परिकल्पना गरेका थिए। गाउँघरको मौलिक स्वाद र व्यवस्थापकीय कौशलका कारण यो ब्रान्ड अहिले उपत्यकाव्यापी बनेको छ।
