Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा
A A+ A-

सिन्धुपाल्चोक । हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।

न्यू भिजन नेपालको आयोजनामा, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा ४१ जनाको सहभागिता थियो ।

कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराएको थियो भने उहाँकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिएको थियो ।

त्यसैगरी, नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र आध्यात्मिक वातावरणमा सम्पन्न यस यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको जनाइएको छ ।

कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति र आध्यात्मिक पर्यटनलाई एकैसाथ जोड्दै स्वस्थ जीवनशैली र आरोग्य पर्यटनको सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

2