काठमाडौं: म्याक्स टाइगर इनर्जी ड्रिंक्सको दशैँ धमाका अफरमा प्रदीप लामाले प्रोटोन इमास ७ कार जितेका छन्। लामाले सो अभियान अन्तर्गतको बम्पर पुरस्कार जित्न सफल भएका हुन्।
कम्पनीले आइतबार सिफल चउरमा एक विशेष कार्यक्रमको आयोजना गरी लामालाई कार हस्तान्तरण गरेको छ। बम्पर पुरस्कारमा राखिएको उक्त प्रोटोन कारले उपभोक्तामाझ थप उत्सुकता र आकर्षण बढाएको कम्पनीले जनाएको छ।
इनर्जी ड्रिङ्कको क्यानको बिर्कोलाई आकर्षक पुरस्कार जित्ने अवसरसँग जोड्दै म्याक्स टाइगरले देशका विभिन्न सहरका उपभोक्तालाई यस अभियानमा समेट्दै आएको छ।
