काठमाडौं: नेपालको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ। विसं १९९४ कात्तिक ३० गते स्थापना भएको यस बैंकले स्थापनाको नौ दशक पूरा गरेको छ।
बैंकले स्थापनाकालदेखि नै मुलुकको बैंकिङ तथा वित्तीय सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नौ दशकको लामो यात्रामा बैंकले वित्तीय पहुँच विस्तार र आर्थिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो ऐतिहासिक यात्रा र सेवा प्रवाहको निरन्तरतालाई स्मरण गरेको छ।
