काठमाडौं: रणवीर कपुर, साई पल्लवी र यश अभिनित फिल्म ‘रामायण’ ले प्रदर्शनको १२औं दिनमा भारतीय बक्स अफिसमा ८०० करोडको आँकडा पार गरेको छ। फिल्मले रिलिजको दोस्रो सोमबार ३३.२५ करोड रुपैयाँको व्यापार गरेको छ। यससँगै फिल्मको कुल भारतीय नेट कलेक्सन ८१८.०८ करोड रुपैयाँ पुगेको छ।
यो उपलब्धि हासिल गर्ने ‘रामायण’ तेस्रो बलिउड फिल्म बनेको छ। १२ दिनभित्र यो आँकडा पार गर्दै फिल्मले कीर्तिमान कायम गरेको छ। फिल्मको कुल ग्रस कलेक्सन ९६५.३४ करोड रुपैयाँ रहेको छ। पहिलो साता ५८१.५८ करोड कमाएको फिल्मले दोस्रो साताको सुरुवाती दिनहरूमा बलियो प्रदर्शन जारी राखेको छ।
यस कलेक्सनसँगै ‘रामायण’ भारतको सर्वाधिक कमाइ गर्ने शीर्ष ६ फिल्मको सूचीमा समावेश भएको छ। फिल्मले ‘आरआरआर’ (७७२ करोड) को लाइफटाइम कलेक्सनलाई पछि पारेको छ। अब यो फिल्म ‘केजीएफ च्याप्टर २’ (८५९.७ करोड) लाई उछिन्दै शीर्ष ५ भित्र प्रवेश गर्ने तयारीमा छ। भारतीय बक्स अफिसमा ‘पुष्पा २’, ‘धुरन्धर २’, ‘बाहुबली २’, ‘धुरन्धर’ र ‘केजीएफ च्याप्टर २’ पछि ‘रामायण’ छैटौं स्थानमा छ।
