Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

पाँचखाल स्थित रिसोर्टबाट ३६ चिनियाँ पक्राउ

पाँचखाल स्थित रिसोर्टबाट ३६ चिनियाँ पक्राउ
A A+ A-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३१ जना पुरुष र पाँच जना महिला छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार रिसोर्टमा शंकास्पद गतिविधि भइरहेको सूचना प्राप्त भएपछि अनुगमनका लागि टोली परिचालन गरिएको थियो। प्रहरी टोली पुगेपछि चिनियाँ नागरिकहरू भागाभाग गर्न थालेका थिए।

प्रहरीका अनुसार उनीहरूले रिसोर्टका दुईवटा कोठा भाडामा लिएर कार्यालयजस्तो संरचना बनाएका थिए। ती कोठाबाट मोबाइल फोन र कम्प्युटर बरामद गरिएको डीएसपी विष्टले बताए।

‘उनीहरू किन आएका हुन् र के गर्न खोजेका हुन् भन्ने खुलेको छैन। थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली बोलाइएको छ,’ उनले भने।

प्रहरीले नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको नेपाल आगमनको उद्देश्य, उनीहरूको बसाइ र रिसोर्टमा सञ्चालन भइरहेको गतिविधिबारे अनुसन्धान गरिरहेको छ। बरामद मोबाइल तथा कम्प्युटरको समेत परीक्षण गरिने प्रहरीले जनाएको छ।

घटनामा जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रशासकीय अधिकृत सुनिता थापाले टोलीको नेतृत्व गरेकी थिइन् भने प्रहरी टोलीको नेतृत्व डीएसपी विष्टले गरेका थिए।

यसैबीच, काभ्रेपलाञ्चोकका अन्य रिसोर्टमा पनि चिनियाँ नागरिकहरू समूहगत रूपमा बस्दै आएको विवरण सार्वजनिक भएको छ। धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा समेत चिनियाँ नागरिकहरू मासिक रूपमा रकम तिरेर बस्दै आएको बताइएको छ।

ती रिसोर्टमा रहेका चिनियाँ नागरिकको संख्या, बसाइको अवधि र गतिविधिबारे थप विवरण सार्वजनिक भएको छैन। ह्वाइट पार्क रिसोर्टबाट पक्राउ परेका ३६ जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

2